२०८३ साउन २१ गते बिहीबार

राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल

राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ३ गते आइतबार ०३:०३

प्रश्तावित विधेयकको दफा १०० मा रहेको सचेत गराउने र अयोग्य ठहरिने व्यवस्थामा अन्यौलता देखिएको उल्लेख गर्दै उनले सचेत गराउने कारबाही र पदमुक्ति वा अयोग्यताको व्यवस्थाबीच स्पष्टता आवश्यक रहेको बताए ।

पोखरा ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले राष्ट्र बैंकको कारबाही पश्चात पदमुक्त भएकाहरु भविष्यमा योग्य हुने वा नहुने भन्ने विषय ऐनमा नै प्रष्ट पार्नुपर्ने बताएका छन् ।

आईतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैकको कारबाहीमा परेर पदमुक्त भएपछि भविष्यमा योग्य हुने वा नहुने विषय भने ऐनमै स्पष्ट रूपमा उल्लेख गर्न आवश्यक रहेको बताए ।

प्रश्तावित विधेयकको दफा १०० मा रहेको सचेत गराउने र अयोग्य ठहरिने व्यवस्थामा अन्यौलता देखिएको उल्लेख गर्दै उनले सचेत गराउने कारबाही र पदमुक्ति वा अयोग्यताको व्यवस्थाबीच स्पष्टता आवश्यक रहेको बताए ।

उनकाअनुसार विगतमा सचेत गराउने व्यवस्था पदमुक्तिका लागि प्रयोग नगरिएको उल्लेख गरे । उनले गम्भीर कारबाहीमा सफाइको मौका दिने गरिएको तर सचेत गराउने प्रक्रियामा स्पष्टिकरण सोध्न नगरिएको जानकारी दिए ।

बैठकमा सहभागी बैंकर्सहरुले कारबाही सम्बन्धी प्रस्तावित व्यवस्थाप्रति असन्तुष्टी जनाएका थिए ।

उनले भने, ‘यहाँ सबै सरोकारवालाहरूबाट यो सचेत र अयोग्यताका कुराहरू आएका छन् । नेपाल राष्ट्र बैंक ऐन दफा १०० जसरी हामीले प्रयोगमा र अभ्यासमा रहेका कुराहरू थिए, त्यसमा अहिले अलिक फरक किसिमको बुझाई रहेको छ । अहिले जसरी भन्छन् नि एउटा रेफ्रीले यल्लो कार्ड दिने कि रेड कार्ड दिने । यल्लो कार्ड दिएपनि खेलबाट बाहिर जानु पर्ने, रेड कार्ड दिएपनि बाहिर जानु पर्ने हो कि भन्ने खालको दुविधा उत्पन्न भएको छ । यसलाई ऐनमा समेटेर अझ स्पष्ट गर्न उपयुक्त नै हुने देखिन्छ । किनभने अहिले विगतमा हामीले सचेत गर्ने कुराहरू पदमुक्त गर्नका लागि गरिएको कुरा होइन । त्यहाँनेर एउटा महत्वपूर्ण के छ कुरा के छ भने अन्य अरु गम्भीर प्रकृतिका कारबाहीमा जाँदाखेरि सफाईको मौका र स्पष्टिकरणको कुरा हुन्छ तर सचेत गराउनलाई कुनै सफाईको मौका स्पष्टिकरण दिएको हुँदैन । त्यसकारणले गर्दाखेरि तत्काल पदमुक्त हुने कुरा त सम्मानित अदालतको फैसलाले पनि त्यो जिकिरलाई खारेज गरिएको छ । तरपछि अयोग्यता हुने विषय चाहीँ के गर्ने भन्ने कुरा ऐनमै त्यो समेटेर जाँदा उपयुक्त हुन्छ, त्यसलाई स्पष्ट पार्दा उपयुक्त हुन्छ । अब धेरै कुरा सहकारीकै विषयमा आयो, सहकारीकै विषयमा फरक फरक मत पनि आएका छन् । विगतमा धेरै पटक ती ठूला सहकारीहरूलाई नियमन गर्ने कुरा पनि आएका हुन् । त्यसमा फरक मत रहेकै छ, त्यसलाई क्लियर पार्दा उपयुक्त हुन पनि सक्छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भइसकेको छ, उसले पनि काम कारवाहीहरू अगाडि बढाएको अवस्था छ ।’

उनले सहकारी नियमनको विषयमा हाल राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएर काम अघि बढाइसकेको बताए ।

प्रकाशित मिति २०८३ साउन ३ गते आइतबार ०३:०३
हजुरको प्रतिक्रिया