२०८३ असोज २३ गते शुक्रबार

आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ४ गते सोमबार ११:२२

साउन महिना र सोमवारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ । यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान शिवको पूजा–आराधना गर्ने गर्दछन् ।

पोखरा ।

आज साउन महिनाको पहिलो सोमबार, पोखराको केदारेश्वर मन्दिर काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भीड छ ।

पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् भने पोखरामा वोलवम यात्रा सुरु भएको छ ।

वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ ।

धार्मिक विश्वासअनुसार साउनको सोमवार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

विशेषगरी महिलाहरूले हरियो वस्त्र र श्रृङ्गारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन् ।

साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भएपनि सोमवारको दिनलाई अझ विशेष रूपमा लिइने गरिन्छ ।

प्रकाशित मिति २०८३ साउन ४ गते सोमबार ११:२२
हजुरको प्रतिक्रिया