पोखरा ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला परिवारको सम्पर्कमा आएका छन् ।
आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन् ।
सम्पर्कमा आएका महिलाहरूकाअनुसार जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएका थिए । उनीहरू आइतबार बिहान ११ बजे च्याउन खोज्न जंगल पसेका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिएका हुन् ।
आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।
उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा लगाइएको छ ।
प्रकाशित मिति २०८३ साउन ४ गते सोमबार ०२:४१