२०८३ असोज २३ गते शुक्रबार

एम्बाप्पे रियल मड्रिड नजाने पक्का, पीएसजीमै रहने

एम्बाप्पे रियल मड्रिड नजाने पक्का, पीएसजीमै रहने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १४ गते बुधबार ०१:५७

फ्रान्सका स्टार किलियान एम्बाप्पेले तत्काल पेरिस सेन्ट जर्मन नछाड्ने भएका छन् । सन् २०१८ को विश्वकप विजेता खेलाडीले कनेक्ट द वर्ल्डकी बेकी एन्डरसनसँग कुराकानी गर्दै आफू यो सिजन यही टोलीमा रहने शत प्रतिशत पक्का भएको बताएका हुन्...

फ्रान्सका स्टार किलियान एम्बाप्पेले तत्काल पेरिस सेन्ट जर्मन नछाड्ने भएका छन् । सन् २०१८ को विश्वकप विजेता खेलाडीले कनेक्ट द वर्ल्डकी बेकी एन्डरसनसँग कुराकानी गर्दै आफू यो सिजन यही टोलीमा रहने शत प्रतिशत पक्का भएको बताएका हुन् ।

‘म मेरो टोलीलाई च्याम्पियन्स लिग, लिग र कप दिलाउन सबै कुरा दिनेछु । किनभने क्लबका समर्थकहरू यो खुसीको हकदार छन्,’ एम्बाप्पेले भने । २३ वर्षीय खेलाडीको पीएसजीसँगको करार जुन ३०, २०२२ मा सकिँदैछ । उनले अर्को सिजन रियल म्याड्रिड जाने कुरालाई भने नकारेनन् ।

‘के तपाईं अर्को सिजन रियल म्याड्रिडबाट खेल्नुहुन्छ ?,’ भन्ने प्रश्नमा एम्बाप्पेले हाँस्दै अहिले आफ्नो दिमागमा रियललाई फेब्रुअरी र मार्चमा हराउने कुरा मात्र रहेको बताए । एम्बाप्पेको पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा १३ पटकको विजेता रियलसँग भिड्दैछ ।

गत अगस्तमा रियलले एम्बाप्पेका लागि १८.८ करोड डलरको अफर राखेको थियो । जसलाई पीएसजीले अस्वीकार गरेको थियो । स्ट्राइकरले त्यति बेला आफू पीएसजी छाडेर जान चाहेको बताएका थिए । त्यसयता पनि उनी रियल जाने चर्चा चलिरहेको छ ।

प्रकाशित मिति २०७८ पुस १४ गते बुधबार ०१:५७
हजुरको प्रतिक्रिया