२०८३ साउन २१ गते बिहीबार

राजस्थानले चेन्नाईलाई १६ रनले हरायो

राजस्थानले चेन्नाईलाई १६ रनले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ७ गते बुधबार ०२:०८

जारी आईपीएलको चौथो खेलमा चेन्नई सुपर किंग्स राजस्थान रोयल्सस‌ंग १६ रनले पराजित भएको छ । यूएईको शारजाहमा खेलिएको खेलमा राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो...

राजस्थानको जितमा संजु सामसन र राहुल टेवातिया नायक

जारी आईपीएलको चौथो खेलमा चेन्नई सुपर किंग्स राजस्थान रोयल्सस‌ंग १६ रनले पराजित भएको छ । यूएईको शारजाहमा खेलिएको खेलमा राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।

राजस्थानको जीतमा सञ्जू सैमसन र स्पीनर राहुल टेवतिया नायक रहे । सैमसनले ३२ बलमा ७४ रनको विस्फोटक पारी खेले भने तेवतियाले चेन्नईका तीन महत्त्वपूर्ण विकेट लिए ।

लक्ष्य पछ्याउन उत्रेको चेन्नईलाई ३३ रन बनाएका शेन वाटसन र २१ रन बनाएका मुरली विजयीले राम्रो शुरुवात दिलाए । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । उनले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए ।

चेन्नाईको पतनमा नायक रहे भारतीय बलर राहुल टेवातिया । उनले सातौँ ओभरमा वाटसनलाई आउट गरे । आफ्नो दोस्रो ओभरको अन्तिम दुई बलमा सैम करण र रितुराज गायवाडलाई आफ्नो निशाना बनाए पछि खेल राजस्थानको पक्षमा पुगेको थियो ।

यसअघि, राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । राजस्थानका लागि कप्तान स्टिभ स्मिथले ४७ बलमा ६९ रन बनाए भने अन्त्यतिर जोफ्रा आर्चरले ८ बल मा चार छक्का सहित २७ रनको योगदान दिए ।

बुधबार मुम्बई र कोलकताबीच खेल हुनेछ ।

प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार ०२:०८
हजुरको प्रतिक्रिया