२०८३ साउन २१ गते बिहीबार

वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल

वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ८ गते शुक्रबार ०३:३३

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको...

पोखरा ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन नसकिने उनको भनाइ छ ।

उनले मुलुकको राजनीति बिग्रनुमा अरुलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै उनले आफूहरुले अपनाएका नीति, गतिविधि, व्यवहार, र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

सहसंयोजक नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने वामपन्थी दलहरुको नीति अनउपयुक्त रहेको टिप्पणी गरे । सहसंयोजक नेपालले विदेशीलाई खुसी पार्नकै लागि राष्ट्रहित विपरितका विषय समेत स्वीकार गरिएको उनको तर्क छ ।

उनले भने, ‘नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरुबाट वामपन्थीहरु पनि मुक्त छैनन् । वामपन्थीहरुले पनि आफ्नो भूमिका विगतमा खेलेको भुमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ । कहाँ हामी चुक्यौँ ? अरुलाई आरोप मात्र लगाएर पुग्दैन । हाम्रा सोचहरुमा, नीतिहरुमा, गतिविधिहरुमा, व्यवहारहरुमा, जीवनशैलीहरुमा, हाम्रो जनसम्पर्कहरुमा कहाँ–कहाँ त्रुटीहरु रहे यी सबै कुरामा पनि आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता छ । त्यसो भएको हुनाले सबैभन्दा पहिले हामी खुला मनले बसेर छलफल गरौँ । हामीले विभिन्न कालखण्डमा अंगालेका नीतिहरुको पनि समीक्षा गर्न जरुरी छ । शासनसत्तामा जाने बित्तिकै विदेशीका सामु झुक्नै पर्छ भन्ने हुँदैन आवश्यक छैन । दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ । आवाज बुलन्द गर्ने बित्तिकै युद्ध नै भइहाल्दैन । आफ्नो देशको हितको कुरा राख्ने बित्तिकै सम्बन्ध टुटिहाल्ने अवस्था हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसारमा धेरै अनुभवहरुबाट सिकेर अगाडि बढ्न सकिन्छ । तर हामी अनावश्यक रुपमा विदेशीहरुलाई खुसी पार्ने काममा पनि लाग्न पुगेका छौँ । फलस्वरुप कतिपय गलत कुराहरुलाई पनि हामीले स्वीकार गर्ने काम गरेका छौँ । त्यस हुनाले हामीले विदेशीहरुको स्वार्थलाई बुझेर त्यसबारेमा सतर्क भएर अवलम्बन गरेका राम्रा कामहरुलाई राम्रो भन्न सक्नुपर्ने अवस्था रहेको छ । यस अर्थमा धेरै अतिवादी हुने कुरा पनि होइन । अर्कोतर्फत घुँडा टेक्ने र आत्मसमर्पणवादी पनि बन्ने होइन । सही नीति र दृष्टिकोण बोकेर देश र जनताको हितलाई केन्द्रबिन्दुरमा राखेर अगाडि बढ्नसक्यौँ भने मात्रै वास्तवमा कम्युनिष्ट आन्दोलाई नयाँ उचाईमा प¥ुयाउन सकिन्छ ।’

उनले अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्तिबाट त्यागेर देश र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनुपर्ने बताए ।

प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ०३:३३
हजुरको प्रतिक्रिया