२०८३ असोज २३ गते शुक्रबार

सुनसरी घटनाः सामाजिक सद्भाव कायम गर्न सर्वदलीय बैठकको अपील, सुरक्षा कमजोरीप्रति राप्रपाको प्रश्न

सुनसरी घटनाः सामाजिक सद्भाव कायम गर्न सर्वदलीय बैठकको अपील, सुरक्षा कमजोरीप्रति राप्रपाको प्रश्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १३ गते बुधबार १०:४७

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्नेमा...

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

सुनसरीलगायत विभिन्न जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा बुधबार सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि बोल्दै लिङदेनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आह्वान गरिएको उक्त बैठकले मुलुकमा सामाजिक सद्भाव कायम राख्न सामुहिक अपील गर्ने निर्णय गरेको बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले बैठकको प्रकृति र सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्ने धारणा राखे ।

अध्यक्ष लिङदेनले तराई–मधेसका क्षेत्रमा विशेषगरी हिन्दु धर्मावलम्बीहरूको चाडपर्वका समयमा यस्ता घटनाहरू पटक–पटक दोहोरिनु गम्भीर विषय भएको उल्लेख गरे ।

सुरक्षा व्यवस्थामा देखिएका कमजोरीप्रति प्रश्न उठाउँदै लिङदेनले प्रहरीद्वारा गोली प्रहार हुनु र लगत्तै सेना परिचालन गर्नुपर्ने परिस्थिति निर्माण हुनुले सुरक्षा संयन्त्र चुकेको दाबी गरे ।

विगतका आन्दोलनहरूमा भएका यस्तै घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिने गरेको स्मरण गराउँदै उनले यस पटकको घटनामा सरकार किन गैरजिम्मेवार बनेको भनी प्रश्न गरे ।

उनले भने, ‘यसलाई केवल एउटा स्थान विशेषको घटनाका रूपमा मात्र हेरिनु हुँदैन । सरकारले यस समस्याको जडसम्म पुगेर दीर्घकालीन समाधान खोज्नुपर्छ । बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुनेगरी राज्यले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ ।’

प्रधानमन्त्रीको ढिलो प्रतिक्रियाप्रति पनि उनले आलोचना गरे ।

घटना भएको दुई दिनपछि मात्र सामाजिक सञ्जालमार्फत राज्य जिम्मेवार रहेको भनी आएको सन्देशले सरकारको सक्रियतामाथि प्रश्न उब्जाएको लिङदेनको तर्क छ ।

बैठकमा राप्रपाले सुरक्षा संयन्त्रको असफलता र सरकारको उदासीनताबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन सरकारलाई सचेत गराएको छ ।

प्रकाशित मिति २०८३ साउन १३ गते बुधबार १०:४७
हजुरको प्रतिक्रिया