पोखरा ।
सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूले तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछान लामिछानले आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्रसहित बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।
हालै सुनसरीलगायत विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रमलाई दृष्टिगत गर्दै सर्वदलीय बैठकले स्थानीय स्तरमै संवाद र सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
‘समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पु¥याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौँ’, बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ ।’
स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन आवश्यकता रहेको संयुक्त अपिलमा भनिएको छ ।
बैठकले शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, स्थानीय नेतृत्व तथा सरोकारवाला पक्षलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।





