२०८३ साउन २१ गते बिहीबार

राष्ट्रियसभाको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १५ गते शुक्रबार ११:२७

पोखरा । राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ । आजका लागि तय भएको बैठकमा दुइ मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुने सम्भावित कार्यसूची छ । गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग...

पोखरा ।

राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ ।

आजका लागि तय भएको बैठकमा दुइ मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुने सम्भावित कार्यसूची छ ।

गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ११:२७
हजुरको प्रतिक्रिया