२०८३ साउन २१ गते बिहीबार

तराई–मधेसका सांसदहरूसँग प्रधानमन्त्री साहले गरे छलफल

तराई–मधेसका सांसदहरूसँग प्रधानमन्त्री साहले गरे छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १५ गते शुक्रबार ०४:२२

पोखरा । प्रधानमन्त्री बालेन्द्र साहले तराई तथा मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा तराईमधेस क्षेत्रमा विकसित पछिल्ला...

पोखरा ।

प्रधानमन्त्री बालेन्द्र साहले तराई तथा मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा तराईमधेस क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदहरू रहबर अन्सारी, नीतिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य र गजाला शमिम मिकरानी लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री साहले यसअघि आजै मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग पनि सोही विषयमा छुट्टै परामर्श गरेका थिए ।  त्यस क्षेत्रको शान्ति सुरक्षा र विकसित अवस्थाका बारेमा प्रधानमन्त्रीले सरोकारवाला पक्षसँग निरन्तर संवाद गरिरहेका छन् ।

साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच बोलबमको विवाद भएको थियो । प्रहरीले अवस्था नियन्त्रण गर्न गोली प्रहार गर्दा दुई जनाको निधन भएको थियो ।

त्यसपछि तराईका विभिन्न जिल्लामा आन्दोलन भड्एिको छ । निषेधाज्ञा जारी गरेर शान्ति सुव्यवस्था कायम गर्न सरकार लागिपरेको छ ।

प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ०४:२२
हजुरको प्रतिक्रिया