२०८३ साउन २१ गते बिहीबार

सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो ?

सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २१ गते बिहीबार ०३:०९

पोखरा । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छिन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन् । उनले तत्कालीन स्वास्थ्यमन्त्री...

पोखरा ।

नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छिन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन् ।

उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गरिन् ।

उनले स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई लोक कल्याणकारी बनेर देखाउन समेत आग्रह गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य बीमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन् । तर अस्पताल पुगेपछि थाहा हुन्छ कार्ड छ सेवा छैन । बीमा छ औषधि छैन । आश्वासन छ तर उपचार छैन । गगन थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले स्वास्थ्य बीमाकै बीमा गर्नुपर्ने अवस्थामा पु¥यायो । कतै यसको जन्मदाताको प्रसंशा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ? बिरामी सोध्छन् बीमा गरेर के पाइयो ? अस्पताल सोध्छ भुक्तानी कहिले आउँछ ? तर सरकारका प्रतिवेदनमा भने सबै कुरा सुस्त देखिन्छ । सरकारलाई आग्रह छ कि भाषण होइन उपचार देउ, प्रचार होइन औषधि देउ, प्रतिवेदन होइन परिणाम देउ । लाचारी होइन लोककल्याणकारी बनेर देखाउ सरकार । अध्यक्षज्यू यो जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकोले तत्काल कार्यान्वयनको लागि रुलिङ गरियोस् ।’

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ सभाका अध्यक्षको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति २०८३ साउन २१ गते बिहीबार ०३:०९
हजुरको प्रतिक्रिया