२०८३ असोज २३ गते शुक्रबार

एकतावद्ध भएर अगाडि बढ्न डा. कोईरालाको आग्रह

एकतावद्ध भएर अगाडि बढ्न डा. कोईरालाको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ३१ गते आइतबार ०२:५२

पोखरा । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । आईतबार काठमाडौंमा संस्थापन इतर पक्षले गरेको राष्ट्रिय भेलालाई समापन गर्दै उहाँले पार्टीको...

पोखरा ।

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

आईतबार काठमाडौंमा संस्थापन इतर पक्षले गरेको राष्ट्रिय भेलालाई समापन गर्दै उहाँले पार्टीको आन्तरिक एकता र सुदृढीकरणमा जोड दिएका हुन् ।

सम्मेलनले पारित गरेका पाँचबुँदे प्रश्तावहरूप्रति ऐक्यवद्धता जनाउँदै डा. कोईरालाले सहभागीहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

उनले आगामी दिनमा पनि यस्ता सांगठनिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘यो सम्मेलन एकताको लागि आयोजना गरिएको हो । यही एकताका कारण आज हामी एकै ठाउँमा उभिएका छौँ र भोलिका दिनमा पनि एकतावद्ध भएर अघि बढ्नुपर्छ । तपाईंहरूले पारित गर्नुभएका पाँचवटै बुँदाप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु । मलाई संयोजकको जिम्मेवारी दिनुभएकोमा पनि आभार व्यक्त गर्दछु । शुरुमा यो जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने लागेको थियो तर आज यो सम्मेलन सफल भएकोमा खुशी लागेको छ । यसको सफलता मेरो कारणले होइन, तपाईंहरूको सहभागिता, सहमति र सहयोगका कारण सम्भव भएको हो ।’

उनले आवश्यकताअनुसार आगामी भेलाहरू केन्द्रमा मात्र सीमित नराखी स्थानीय तहसम्मै पुगेर आयोजना गर्न सकिने समेत बताए ।

प्रकाशित मिति २०८३ साउन ३१ गते आइतबार ०२:५२
हजुरको प्रतिक्रिया