काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरुले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् । गत १७ जेठमा प्रधानमन्त्री साहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । सो क्रममा साहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गरेका थिए । साढे दुई महिनासम्म प्रधानमन्त्री साहले यसबारे स्पष्टिकरण दिएका छैनन् । विपक्षीले विरोध जारी राखेपछि सभाको सोमवारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री साहलाई संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।
सभामुखले प्रधानमन्त्री साहलाई निर्देशन दिएलगत्तै विपक्षी दलहरुले टेबल बजाएर समर्थन गरेका थिए ।
प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार ०१:५१