२०८३ असोज २३ गते शुक्रबार

रसुवा बाढीः राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग सांसद आचार्यको आग्रह

रसुवा बाढीः राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग सांसद आचार्यको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १० गते बुधबार ०३:३६

पोखरा । नेपाली काँग्रेसका सांसद मोहन आचार्यले रसुवा–त्रिशूली करिडोर क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेको छ...

पोखरा ।

नेपाली काँग्रेसका सांसद मोहन आचार्यले रसुवा–त्रिशूली करिडोर क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भोटेकोसी खोलामा आएको बाढीले रसुवागढीदेखि तलका तटीय क्षेत्रमा रहेका बस्ती, पक्की पुल तथा जलविद्युत् आयोजनालगायतका संरचना बगाएको उल्लेख गरे ।

उनले रसुवामा आएको बाढी यस शताब्दीकै ठुलो विपत्तीमध्ये एक भएको समेत बताए ।

सडक सञ्जाल विच्छेद भएका कारण हेलिकप्टरबाहेक उद्धार सम्भव नभएको भन्दै उपलब्ध सबै हेलिकप्टर तत्काल रसुवा पठाउन सरकारसँग आग्रह समेत उनले गरे ।

उनले भने, ‘आज बिहान भोटेकोसी खोलामा आएको बाढीले रसुवागडीदेखि तलको तटीय क्षेत्रमा रहेका बस्ती पक्कीपुल, जलविद्युत आयोजना लगायतका संरचनाहरु बगाएको छ । प्रारम्भिक अनुमानमा ठुलो संख्यामा मानवीय क्षति भएको छ । यस किसिमको विपत्ती यो शताब्दीकै पहिलो हो जस्तो लाग्छ । म सरकारलाई राष्ट्रिय विपद् घोषणा गरी उद्धार र राहतमा लाग्न अनुरोध गर्दछु । उद्धार गर्नुपर्ने मानिसको संख्या ठुलो रहेको छ । र उद्धारको लागि हारगुहार गरिरहेका छन् । सडकसञ्जाल विच्छेद हुँदा हेलिकेप्टरबाहेक उद्धार सम्भव छैन । उपलब्ध भएका हेलिकेप्टर तत्काल रसुवा पठाउन अनुरोध गर्दछु ।’

उनले रसुवा लगायत प्रभावित जिल्लामा हजारौँ नागरिक उद्धारको पर्खाइमा रहेको समेत बताए ।

प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ०३:३६
हजुरको प्रतिक्रिया