२०८३ असोज २३ गते शुक्रबार

रसुवा बाढीः नेपाली सेनाद्वारा १२३ जनाको सकुशल उद्धार

रसुवा बाढीः नेपाली सेनाद्वारा १२३ जनाको सकुशल उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ११ गते बिहीबार ११:५३

पोखरा । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका १ सय २३ जनालाई नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ । नेपाली सेनाकाअनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको हो...

पोखरा ।

भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका १ सय २३ जनालाई नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ ।

नेपाली सेनाकाअनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरूमध्ये २१ जना भारतीय पर्यटक र ८ जना अन्य विदेशी नागरिक रहेका छन् ।

सेनाले विदेशी नागरिकहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरेको छ भने अन्यलाई जिल्ला सदरमुकाम धुन्चे पु¥याउने प्रक्रिया अघि बढाएको छ ।

यसैगरी, रसुवाकै हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेका सात जनालाई पनि जीवितै उद्धार गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सेनाले हवाई र स्थल दुवै मार्गबाट उद्धार तथा राहत कार्यलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति २०८३ भदौ ११ गते बिहीबार ११:५३
हजुरको प्रतिक्रिया