२०८३ असोज २३ गते शुक्रबार

रसुवा बाढीबाट ३ सय ३२ जनाको मृत्यु

रसुवा बाढीबाट ३ सय ३२ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ११ गते बिहीबार ०४:४९

पोखरा । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो ४ बजेसम्म ३ सय ३२ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा २९ जना, चितवनमा १ सय २१ जना, गोरखामा २९ जना, तनहुँमा १९ जना, नवलपरासी पूर्वमा ७४ र नवलपरासी...

पोखरा ।

रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो ४ बजेसम्म ३ सय ३२ जनाको मृत्यु भएको छ ।

जसमध्ये रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा २९ जना, चितवनमा १ सय २१ जना, गोरखामा २९ जना, तनहुँमा १९ जना, नवलपरासी पूर्वमा ७४ र नवलपरासी पश्चिम १५ जना गरी ३ सय ३२ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

प्रकाशित मिति २०८३ भदौ ११ गते बिहीबार ०४:४९
हजुरको प्रतिक्रिया