२०८३ साउन २१ गते बिहीबार

अन्तर पर्यटन संघसंस्था भलिवल प्रतियोगितामा आयोजक रेवान प्रथम, ट्याक्सी सेवा दोस्रो

अन्तर पर्यटन संघसंस्था भलिवल प्रतियोगितामा आयोजक रेवान प्रथम, ट्याक्सी सेवा दोस्रो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार ०४:४६

पोखरा । रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सी सेवा प्रालीले बोकामा चित्त बुझाएको छ । रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ सङ्स्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले...

पोखरा । रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सी सेवा प्रालीले बोकामा चित्त बुझाएको छ । रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ सङ्स्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले खसी जितेको हो । प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको ट्याक्सीले बोका उठायो । शनिबार भएको फाइनलमा रेबानले २५–१६ र २५–२१ को सोझो सेटमा जित हासिल गरेको हो ।

रेबानको टोलिबाट रेबान पुर्वाध्य गोपि भट्टराई, बलराम पहारी, सुर्य भुजेल, तथा कार्यसमितिका भिस्मराज पौडेल, बैभव पौडेल, बिष्णु बानिया, लोक गुरुङ मैदान उत्रिएका थिए । टिम कोचमा निवर्तमान अध्यक्ष भिमसेन भुजेल रहेका थिए । प्रतियोगिताका बिजेता उप– बिजेता टोलिलाई पोखरा महानगर वडा ६ का वडाध्यक्षले पुरस्कार वितरण गरे । प्रतियोगितामा विभिन्न ११ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार ०४:४६
हजुरको प्रतिक्रिया