पोखरा ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाएका हुन् ।
सम्बोधनका क्रममा दाहालले प्रधानमन्त्री सबैको साझा हुनुपर्ने उल्लेख गर्दै संसद्मा प्रश्तुत हुँदा अन्य सदस्यहरूको अस्तित्वलाई स्वीकार नगर्नु लोकतान्त्रिक पद्धतिअनुरूप नभएको टिप्पणी गरे
विपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि प्रधानमन्त्रीले परामर्श र संवादमा रुचि नदेखाएको दाहालको भनाइ छ ।
उनले भने, ‘प्रधानमन्त्री आउनुहुन्छ र कसैको अनुहार नहेरी जानुहुन्छ, यो कस्तो खालको कार्यशैली हो ? हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ, तर प्रधानमन्त्रीले कसैको अनुहारसम्म हेर्नु नपर्ने सोच राख्नु उचित होइन । यो तरिकाले अगाडि बढ्न सकिँदैन ।’
दाहालले प्रधानमन्त्रीलाई प्राप्त वर्तमान अवसर ऐतिहासिक भएको स्मरण गराउँदै यसलाई खेर जान नदिन समेत आग्रह गरे ।
उनले प्रधानमन्त्रीलाई सबै पक्षलाई समेटेर र जिम्मेवार भएर अघि बढ्न सुझाव दिएका छन् ।
प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार ०४:०२




