२०८३ असोज २३ गते शुक्रबार

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १८ गते बिहीबार १२:५७

पोखरा । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुंगा–मुग्लिङ सडक खण्ड अन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको कार्य शुरु गरिएको छ । बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले...

पोखरा ।

भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुंगा–मुग्लिङ सडक खण्ड अन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको कार्य शुरु गरिएको छ ।

बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की योजना प्रमुख सजना अधिकारीकाअनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ ।

सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ ।

नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्शाङ्कन ९ड्रइङ० सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम औपचारिक रूपमा शुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिए ।

हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका लागि आवश्यक पूर्वतयारीलाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार १२:५७
हजुरको प्रतिक्रिया