२०८३ असोज २३ गते शुक्रबार

माथिल्लो त्रिशुली ३ ए को सुरुङबाट उद्धार गरिएका फोरम्यान साहलाई छाउनी लगियो

माथिल्लो त्रिशुली ३ ए को सुरुङबाट उद्धार गरिएका फोरम्यान साहलाई छाउनी लगियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १९ गते शुक्रबार १२:०५

पोखरा । माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी लगिएको छ । शुक्रबार बिहान सुरुङबाट उद्धार गरी उहाँलाई काठमाडौंको छाउनीस्थित नेपाली...

पोखरा ।

माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी लगिएको छ ।

शुक्रबार बिहान सुरुङबाट उद्धार गरी उहाँलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा लगिएको हो ।

आयोजनाको सुरुङमा फसेका साहलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको हो । उद्धार पश्चात उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि लगिएको हो ।

साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनी सुरुङमा फसेका थिए ।

बाढीका कारण हालसम्म १ हजार २ सय ९० जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति २०८३ भदौ १९ गते शुक्रबार १२:०५
हजुरको प्रतिक्रिया