२०८३ साउन २१ गते बिहीबार

‘प्रेमगीत ३’ को रिलिज फेरि स्थागित

‘प्रेमगीत ३’ को रिलिज फेरि स्थागित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २० गते मंगलबार ११:०७

फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको हो । निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक संजाल मार्फत फिल्मको रिलिज...

फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको हो । निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक संजाल मार्फत फिल्मको रिलिज स्थगित भएको जनाएका छन् ।

‘चलचित्र प्रेमी, दर्शक, पत्रकार साथीहरु, चलचित्र संघमा यो खबर गर्दा दुःख महसुस गरेका छौ’ सेनले अगाडि लेखेका छन् ‘१३ फागुन प्रदर्शन मिति तोकेर प्रचार प्रसारका साथ फिल्म दर्शकका लागि पस्कने तयारीमा थियौ । भारतमा फिल्म हल बन्द हुने क्रम बढेकाले त्यहाँका वितरक समुहको सुझावलाई मनन गर्दै रिलिज स्थगित गरिएको छ ।’ नेपाल र भारतको अलवा अन्य देशमा पनि एकै मितिमा फिल्म प्रदर्शन गर्न अहिले अनिश्चित कालका स्थगित गरिएको सेनको भनाई रहेको छ ।

फिल्म १३ फागुन रिलिज गर्ने तयारी थियो । दुई वर्ष अघि पनि फिल्म कोरोनाको कारण स्थगित भएको थियो । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवा लगायतका कलाकारको फिल्ममा मुख्य भुमिका रहेको छ । फिल्मलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशक गरेका हुन् ।

प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार ११:०७
हजुरको प्रतिक्रिया