२०८३ असोज २३ गते शुक्रबार

कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने

कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २१ गते आइतबार ११:५२

पोखरा । कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तिब्र रूपमा काम भइरहेको छ । राजमार्गमा थुप्रिएको...

पोखरा ।

कान्ति राजमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

पहिरोका कारण ठप्प बनेको सवारी आवागमन सुचारु गराउन अहिले कार्यस्थलमा तिब्र रूपमा काम भइरहेको छ ।

राजमार्गमा थुप्रिएको पहिरो हटाउनका लागि भारी उपकरण तथा एक्स्काभेटरहरूको प्रयोग गरिएको छ ।

पहिरो पन्छाउने क्रममा सडक छेउमा रहेका विद्युतीय पोलहरूलाई सुरक्षित राख्दै विशेष सावधानीका साथ कार्य अघि बढाइएको छ ।

विद्युतीय पूर्वाधारमा क्षति नपुगोस् भन्ने उद्देश्यले प्राविधिक टोलीले शतर्कता अपनाउँदै पहिरो हटाउने कामलाई प्राथमिकता दिएको हो ।

संवद्ध अधिकारीहरूकाअनुसार हाल सडकको ट्रयाक खोल्ने कार्य लगभग सम्पन्न भइसकेको छ ।

यदि प्राकृतिक रूपमा थप पहिरो नखसेको खण्डमा केही समयभित्रै सवारी आवागमन पूर्ण रूपमा सुचारु हुने बताइएको छ ।

सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन र यात्रुहरू सडक खुल्ने प्रतिक्षामा रहेका छन् ।

प्रकाशित मिति २०८३ भदौ २१ गते आइतबार ११:५२
हजुरको प्रतिक्रिया