२०८३ असोज २३ गते शुक्रबार

सरकारमाथि महेश बस्नेतको आरोप–‘राज्यको सामथ्र्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो’

सरकारमाथि महेश बस्नेतको आरोप–‘राज्यको सामथ्र्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २४ गते बुधबार ०१:००

उनले कारबाही नहुनुले प्रहरीसमेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दाबी गर्ने बताए । बस्नेतले जेन–जी प्रदर्शन घटनामा प्रहरी संरचनासमेत ठूलो क्षतिमा परेको उल्लेख गर्दै प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति भएको बताए ।

पोखरा ।

नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा जेन–जी आन्दोलनका निश्चित मानिसहरुलाई बताउने खेल भएको दाबी गरेका छन् ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन् ।

आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाए ।

उनले कारबाही नहुनुले प्रहरीसमेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दाबी गर्ने बताए । बस्नेतले जेन–जी प्रदर्शन घटनामा प्रहरी संरचनासमेत ठूलो क्षतिमा परेको उल्लेख गर्दै प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति भएको बताए ।

उनले यस्तो अवस्थामा पनि दोषीमाथि कारबाही हुन नसक्नु गम्भीर विषय भएको बताए ।

उनले जेन–जी घटनाको छानबिनका लागि गठन भएको कार्की आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाए । सिंहदरबार, संसद तथा सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ ।

बस्नेतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसंग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो भन्ने प्रश्नसमेत गरे ।

उनले प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि पनि घटनाको गम्भीर छानबिन भए कारबाहीको आधार भेटिन सक्ने दाबी गरे ।

उनले भने, ‘ जेन–जी आन्दोलनका क्रममा गोली चलाउने पनि तिमीहरू नै हौ, सिंहदरबार, संसद् र सर्वोच्च अदालत जलाउने पनि तिमीहरू नै हौ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ। तर यी घटनाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ । कार्की आयोगको रिपोर्टका आधारमा बालेनको सरकार बनेको २४ घण्टा नबित्दै बिहान ३ बजे केपी ओलीलाई गिरफ्तार गरियो । त्यसपछि रमेश लेखकलाई पनि गिरफ्तार गरियो। १३ दिनसम्म हिरासतमा राख्दा पनि उनीहरूमाथि के अभियोग लगाउन सकियो ? त्यसको जवाफ सरकारले दिनुपर्छ । जेन–जी आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीको गम्भीर छानबिन हुने हो भने बालेन, सुदन र रविसहित जिम्मेवार देखिएका सबैमाथि कानूनी कारबाही हुनुपर्छ । हामीसँग आवश्यक आधार र प्रमाणहरू सुरक्षित छन् । त्यसैले कसैलाई राजनीतिक संरक्षण दिइनु हुँदैन । प्रत्येक घटनाको एक–एक हिसावकिताव हुनुपर्छ ।’

बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिए । विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाउँदै उनले सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने दाबी गरे ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा समेत सरकार असफल भएको उनको आरोप छ ।  उनले विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको भने प्रशंसा गरे । तर, सुरक्षा निकायको नेतृत्व र समग्र संस्थामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

बस्नेतले रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पर्याप्त रूपमा प्रयोग हुन नसकेको आरोप लगाए ।

पीडितहरूले रकम तिरेर समेत हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा अनुमति नदिइएको उनको दाबी छ ।

प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०१:००
हजुरको प्रतिक्रिया