२०८३ असोज २३ गते शुक्रबार

जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २४ गते बुधबार ०४:३६

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री पुरुषोत्तम यादवले जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै...

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री पुरुषोत्तम यादवले जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले जेन–जी आन्दोलन सत्ता प्राप्तीको लागि नभई मुलुकमा सुशासन कायन गर्नको लागि भएको समेत जिकिर गरे ।

उनले जेन–जी आन्दोलनको माग र मर्म जनताले अनुमोदन गरिसकेको समेत बताए । उनले जेलमा रहेका जेनजीहरूलाई समेत तत्काल रिहा गर्न माग गरे ।

उनले सुशासनको माग गर्दै सडकमा आएका जेनजीमाथि लाठी र गोली प्रहार भएको उल्लेख गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूको पीडा सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘खासमा हामी सडकमा के माग्न गएका थियौँ जसको बदलामा हामीले लाठी र गोली खानुपर्यो ? हाम्रा साथीहरु सुशासनको लागि सडकमा आउँदा बन्दुकको नालको निशाना परेर ढले । हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन नत हामी कसैको भाग खोस्न गएका थियौँ । आज मसँग बोल्ने शब्द र वाक्यहरु थोरै छन् । त्यो पीडादायी दिन सम्झँदा मन भारी भएको छ । जेनजी आन्दोलनको माग र मर्म सही थियो भन्ने कुरा जनताले अनुमोदन गरिसकेका छन् । तर अन्तरिम सरकारले जेन–जी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन । म इश्वरसँग प्रार्थना गर्छु सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् । अनि शहीद परिवार तथा घाइतेहरुसँग गरिएको सहमति कार्यान्वयन गरियोस् । र जेलमा रहेका जेन–जीहरुलाई तत्काल रिहाई गरियोस् ।’

उनले विगतको सम्मान गर्दै आफूले नागरिकसमक्ष गरेका प्रतिवद्धता पूरा गर्न सरकारसँग आग्रह पनि गरे ।

प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०४:३६
हजुरको प्रतिक्रिया