२०८३ असोज २३ गते शुक्रबार

‘जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’

‘जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २४ गते बुधबार ०४:४३

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा...

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले सामाजिक सञ्जाल प्रतिवन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेनजीले गरेको आन्दोलन पवित्र भएको पनि बताइन् ।

उनले २४ भदौमा मुलुकका सम्पूर्ण धरोहर र निजी सम्पतीमाथि भएको आगजनी र लुटपाटको घटनाको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न पनि गरिन् ।

उनले २४ भदौको विध्वंस सत्तारोहणको भर्याङ मात्र थियो कि अन्य कुनै उद्देश्यले भएको थियो भन्ने स्पष्ट हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेन–जीहरुले गरेको आन्दोलन पवित्र थियो । तर शान्तीपूर्ण भन्दै २४ गते देशका धरोहरसँगै निजी सम्पतीमाथि भएको आगजनी, लुटपाटको घटना के थियो ? यसको जिम्मा कसले लिने ? के यो सत्ताभरणको भ¥याङ मात्र थियो कि अरु कुनै ? मानव अधिकार आयोग र कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ? म सरकारलाई सोध्न चाहन्छु ।’

उनले जेन–जी शहीदका परिवार र घाइतेहरुका माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

 

प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०४:४३
हजुरको प्रतिक्रिया