२०८३ असोज २३ गते शुक्रबार

विपद् प्रतिकार्यमा सरकारको भुमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँः रवि लामिछाने

विपद् प्रतिकार्यमा सरकारको भुमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँः रवि लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २४ गते बुधबार ०५:१३

पोखरा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउँने ठाउँ नरहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको...

पोखरा ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउँने ठाउँ नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले बाढी प्रतिकार्यमा सरकारको बचाउ गरेका हुन् ।

उनले विपद्को समयमा सरकारको भुमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने पनि बताए ।

उनले विपद्को शुरुवाती घण्टादेखि सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार, राहत र उपचारको काम अघि बढाएको बताए । उनले हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको दाबी पनि गरे ।

उनले घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकार गम्भीर भएर लागिपरेको पनि बताए ।

उनले भने, ‘यो विपद्को समयमा सरकारको भुमिकालाई सत्ता र प्रपितपक्षको परम्परागत चश्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तीका शुरुकै घटनामा सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, राहत र उपचारको काम शुरु ग¥यो । हजारौँ सुरक्षाकर्मीहरु तत्काल प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो । घाइतेहरुको उद्धार र उपचार, विस्थापित परिवारको लागि अस्थायी बसोबास र खाद्यान्नको लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ । राज्यले बाढी प्रभावित नागरिकको सुरक्षा र आधारभूत आवश्यकताको पूर्ण जिम्मेवारी लिएको छ ।’

सभापति लामिछानेले बाढी प्रभावित नागरिकको सुरक्षा तथा आधारभुत आवश्यकताको पूर्ण जिम्मेवारी सरकारले लिइरहेको समेत बताए ।

प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०५:१३
हजुरको प्रतिक्रिया