२०८३ असोज २३ गते शुक्रबार

प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?

प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २४ गते बुधबार ०५:१६

पोखरा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गरेकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी...

पोखरा ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।  उनले जेन–जी शहीदको स्मृतिमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग अुन्तुष्टि समेत जनाइन् ।

उनले जेन–जी शहिदहरुको बारेमा बोलिदिन माग गर्दा एकवर्षपछि श्रदाञ्जली आएको उल्लेख गर्दै शहीदहरुले न्याय कति वर्षमा पाउँछन् ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘देशले शहीद पायो, एक दिन विदा पनि पायो । स्मृति दिवसमा आएर केही बोलिदिनुहोस्, जेनजी शहीदको लागि केही लेखिदिनुहोस् भनेर बिहान ७ बजेदेखि भन्दा भन्दा साँझ ७ बजे स्टाटस त आयो । अन्तमा एकवर्षपछि शहीदलाई श्रदाञ्जली । अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षपछि पाउँछ सरकार ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’

उनले जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरुका माग सम्बोधन गर्न माग गरिन् ।

प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०५:१६
हजुरको प्रतिक्रिया