२०८३ असोज २३ गते शुक्रबार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २५ गते बिहीबार ११:४५

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पोखरा ।

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ ।

सोही सन्दर्भमा प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएको सचिवालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति २०८३ भदौ २५ गते बिहीबार ११:४५
हजुरको प्रतिक्रिया