२०८३ असोज २३ गते शुक्रबार

२० औं एशियाली खेलकुद: पुरुष कबड्डीमा नेपाल पराजित

२० औं एशियाली खेलकुद: पुरुष कबड्डीमा नेपाल पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ५ गते सोमबार ११:५४

पोखरा । नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २० औं एशियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै यात्रा शुरु गरेको छ । तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो...

पोखरा ।

नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २० औं एशियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै यात्रा शुरु गरेको छ ।

तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो ।

दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा नेपाल २४–२८ ले पछि प¥यो ।

यससँगै दोस्रो हाफमा चार अंकले पछि रहँदै नेपालले शुरुवात ग¥यो । दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन ।

दोस्रो हाफमा पनि थाइल्याण्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो । दोस्रो हाफमा थाइल्याण्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो ।

समूह ‘बी’ को थाइल्यान्डले ११ अंकको जित निकाल्यो । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोकामगरको कप्तानीमा नेपाल जित निकाल्न असफल भयो ।

विष्णुदत्त भट्ट मुख्य प्रशिक्षक थिए । नेपालले २९ रेड अंक र बोनस अंक १८ पायो । साथै एक सुपर अंकसमेत नेपालले प्राप्त गरेको थियो ।

प्रकाशित मिति २०८३ असोज ५ गते सोमबार ११:५४
हजुरको प्रतिक्रिया