पोखरा ।
गत संस्करणको कांस्य पदक विजेता नेपालले जापानमा जारी २० औं एशियाली खेलकुदको महिला कबड्डीमा मंगलबार थाइल्यान्डमाथि रोमाञ्चक जितसहित शुरुवात गरेको छ ।
नेपाली महिला टोली चीनमा भएको गत संस्करणको १९ औं एशियाली खेलकुदको काँस्य विजेता हो ।
अपेक्षा गरिएको खेलमध्ये एक नेपाली महिला कबड्डी टोलीले उत्कृष्ट पुनरागमन जितसँगै एसियाली खेलकुदको शुरुवात गरेको छ ।
टोकाई सिटिजेन जिम्नाजियममा मंगलबार भएको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हरायो । पहिलो हाफमा १५–२४ ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेट बाँकी छँदा पुनरामगन गरेको हो ।
नेपालले ३९–३९ को बराबरीमा भेट्टायो । त्यसपछि लगातार अंक जोड्दै नेपालले अग्रता लियो । दोस्रो हाफमा नेपालले थाइल्याण्डलाई दुईपल्ट अलआउट गर्न सफल भयो ।
त्यसअघि पहिलो हाफमा नेपाल पनि दुई पल्ट अलआउट भएको थियो । नेपालको जितमा रबिना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् ।
नेपालले अब बुधबार चाइनिज ताइपेइसँग खेल्नेछ । चार टोली रहेको समूह ‘बी’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
समूहमा नेपाल, थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेइ छन् ।
प्रकाशित मिति २०८३ असोज ६ गते मंगलबार ११:२९




