२०८३ साउन २१ गते बिहीबार

आईपीएल: मुम्बई इन्डियन्सकाे शानदार जित

आईपीएल: मुम्बई इन्डियन्सकाे शानदार जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ८ गते बिहीबार ०७:३६

पाेखरा । जारी आईपीएलको पाँचाै खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले शानदार जित हात पारेकाे छ ।  मुम्बईले जारी सिजनकाे पहिलाे खेल खेलेकाे काेलकता नाइट राइडर्सबिरूद्द ४९ रनकाे जीत निकालेकाे हाे । उदघाटन खेलमा साविक उपविजेता...

काेलकता ४९ रनले पराजित

पाेखरा । जारी आईपीएलको पाँचाै खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले शानदार जित हात पारेकाे छ ।  मुम्बईले जारी सिजनकाे पहिलाे खेल खेलेकाे काेलकता नाइट राइडर्सबिरूद्द ४९ रनकाे जीत निकालेकाे हाे । उदघाटन खेलमा साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै जितकाे खाता खाेलेकाे छ ।

मुम्बईकाे जितमा कप्तान रोहित शर्माले शानदार प्रदर्शन गरे । जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकाकाे शीर्ष स्थानमा उक्लेको छ । अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मुम्बईले ओपनर क्विन्टन डि ककलाई सस्तैमा गुमाए पनि कप्तान रोहित शर्माको शानदार ब्याटिङमा २० ओभर पुरै खेलेर ५ विकेट क्षतिमा १९५ रन बनाएको थियो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्काकाे मद्दतमा ८० रन बनाए । यस्तै, मुम्बईका लागि सूर्य कुमार यादवले २८ बल खेल्दै ६ चौका र १ छक्काकाे मद्दतमा ४७ रन जोडे । मुम्बईका लागि सूर्यकुमार यादवले २१ तथा हार्दिक पाण्ड्याले १८ रन जाेडे । कोलकताका लागि शिवम माभीले १ मेडन सहित २ विकेट तथा सुनिले नारिने र आन्द्रे रसेलले १/१ विकेट लिए । काेलकताका लागि प्याट कमिन्स महँगा सावित रहे । उनले ३ ओभरमा ४९ रन खर्चिए ।

इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।

आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन जसप्रित बुमराह र राहुल चहरले समान २-२ विकेट लिए । बुमराहले १६औं ओभरमा रसेल र मोर्गनलाई आउट गर्दै खेल मुम्बईको पक्षमा पारेका थिए ।

बिहिबार आरसिबी र पंजावबीचकाे खेल हुनेछ ।

प्रकाशित मिति २०७७ असोज ८ गते बिहीबार ०७:३६
हजुरको प्रतिक्रिया