२०८३ असोज २३ गते शुक्रबार

पोखरामा रोटरी क्लबद्वारा विपन्न परिवारलाई किचन सामग्री वितरण

पोखरामा रोटरी क्लबद्वारा विपन्न परिवारलाई किचन सामग्री वितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १२ गते सोमबार ०६:४७

पोखरा । रोटरी क्लब अफ पोखरालगायत रोटरीसँग आबद्ध संस्थाहरूको आयोजनामा पोखरामा आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका परिवारलाई किचन सामग्री वितरण गरिएको छ। सामाजिक सेवामार्फत समुदायमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित...

पोखरा ।
रोटरी क्लब अफ पोखरालगायत रोटरीसँग आबद्ध संस्थाहरूको आयोजनामा पोखरामा आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका परिवारलाई किचन सामग्री वितरण गरिएको छ। सामाजिक सेवामार्फत समुदायमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा लाभग्राही परिवारलाई खाना पकाउन तथा भान्सामा प्रयोग हुने विभिन्न सामग्री वितरण गरिएको हो।
रोटरीको ‘सर्भिस अबोभ सेल्फ’ सेवाभन्दा माथि केही छैन भन्ने मूल भावनालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का प्रतिनिधि, रोटरी क्लबका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका परिवारलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले उनीहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रोटरी क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति २०८३ असोज १२ गते सोमबार ०६:४७
हजुरको प्रतिक्रिया