पोखरा ।
लायन्स क्लब अफ पोखरा मर्दी हिमालले स्वर्ण महोत्सव तथा शताब्दी सप्ताह उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
“तपाईंको एक थोपा, कसैको जीवन बचाउन सक्छ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार पछिल्लो समय विभिन्न अस्पताल तथा रक्तसञ्चार केन्द्रमा रगतको आवश्यकता भइरहने भएकाले रक्तदान कार्यक्रमले रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे, नेपालको लायन्स क्लब अफ पोखरा मर्दी हिमाल परिवारको आयोजनामा हुने कार्यक्रम २०८३ असोज १७ गते शनिबार बिहान ८ बजेदेखि पोखराको पृथ्वी चोकमा सञ्चालन हुनेछ ।
क्लबले रक्तदान गर्न इच्छुक सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकलाई निर्धारित समयमा कार्यक्रममा उपस्थित भई रक्तदान गर्न आग्रह गरेको छ ।
मानवीय सेवाको भावनासहित आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहभागिताको अपेक्षा आयोजकले गरेको छ।




