२०८३ कात्तिक १० गते सोमबार

रास्वपा सभापति रवि लामिछाने तीन दिने भ्रमणमा

रास्वपा सभापति रवि लामिछाने तीन दिने भ्रमणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ७ गते शुक्रबार ०८:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन दिनका लागि भारत...

भ्रमण निजी तथा पारिवारिक तीर्थाटन भएकाे उल्लेख

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ ।

लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति २०८३ कात्तिक ७ गते शुक्रबार ०८:२१
हजुरको प्रतिक्रिया