२०८३ कात्तिक १० गते सोमबार

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ८ गते शनिबार ०२:३७

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको हो । टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन...

पोखरा ।

नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ ।

क्यानले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको हो ।

टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही टोलीमा रहेका छन् ।

टोलीको बन्द प्रशिक्षण भोलिदेखि पोखरामा सुरु हुनेछ ।

बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अन्तिम टोलीमा समेटिनेछन् ।

 

प्रकाशित मिति २०८३ कात्तिक ८ गते शनिबार ०२:३७
हजुरको प्रतिक्रिया