काठमाडौँ ।
सलिको गल्फ प्रतियोगिता आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिव एक सय एमेच्योर गल्फरले प्रतिष्पर्धा गर्ने भएका छन् ।
आयोजक सलिकोले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिए ।
नेपाली कर्पोरेट क्षेत्रका खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ कोर्षको डाइरेक्टर दीपक आचार्यले बताए ।
प्रतियोगिता कुल १८ होलको पार ७२ कोर्समा हुनेछ । प्रतियोगिताको पार थ्री को दशौं होलमा होल इन वान गर्ने पहिलो खेलाडीले टाटा नेक्सन गाडी प्राप्त गर्ने कोर्ष डाइरेक्टर आचार्यले बताए । प्रतियोगिताको यो पुरस्कार मुख्य आकर्षणका रूपमा रहेको छ ।
कर्पोरेट प्रतिष्पर्धा भएकाले नगद पुरस्कार नहुने भएको छ । पुरुषतर्पm विजेता र उपविजेता, बेस्ट ग्रस, महिलामा विजेता र उपविजेता, ६० वर्षमाथिका खेलाडीबीच सिनियर विजेता तथा ७० वर्षमाथिका खेलाडीबीच सुपर सिनियर विजेतालाई पुरस्कृत गरिनेछ ।
मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र ‘सलिको ३० वर्षको विश्वास’ विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सलिकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्की क्षेत्रीले सलिको गल्फ प्रतियोगिता २०२६ आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै प्रतियोगिताले सरोकारवालाहरू तथा बृहत् कर्पोरेट समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने बताए ।
‘यस्ता खेलकुद प्रतियोगिता प्रतिष्पर्धामा मात्र सिमित हुँदैनन् । यसले सौहार्दपूर्ण सम्बन्ध विकास गर्न, व्यावसायिक सम्बन्धलाई बलियो बनाउन तथा साझा मूल्य, इमानदारी, खेल भावना र पारस्परिक सम्मानका माध्यमबाट मानिसहरूलाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भुमिका खेल्छ,’उनले भने ।
प्रकाशित मिति २०८३ कात्तिक १२ गते बुधबार ०३:५७




