२०८३ कात्तिक १३ गते बिहीबार

स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माईतीघरमा ऐक्यवद्धता सभा

स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माईतीघरमा ऐक्यवद्धता सभा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १३ गते बिहीबार ०३:२६

स्थानीय तहको निर्वाचन र शासन सञ्चालनमा दलीय भागबण्डा र हस्तक्षेपले गर्दा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर परेको भन्दै अभियानले लामो समयदेखि आवाज उठाउँदै आएको छ ।

काठमाडौँ ।

स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माईतीघर मण्डलामा ऐक्यवद्धता सभाको आयोजना गरेको छ ।

स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै सो अभियानले दबाब सिर्जना गर्न कार्यक्रम गरेको हो ।

स्थानीय तहको निर्वाचन र शासन सञ्चालनमा दलीय भागबण्डा र हस्तक्षेपले गर्दा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर परेको भन्दै अभियानले लामो समयदेखि आवाज उठाउँदै आएको छ ।

अभियानकाअनुसार स्थानीय तह भनेको दलीय प्रतिष्पर्धा गर्ने थलो नभई नागरिकको सेवा र स्थानीय विकासको केन्द्र हुनुपर्छ । अभियानले यसअघि नै देशभर यसबारे बहस चलाउँदै आएको छ ।

दलको निर्देशनमा चल्दा जनप्रतिनिधिहरू जनताप्रति भन्दा पार्टीप्रति बढी उत्तरदायी हुनुपर्ने बाध्यता रहेको भन्दै यसलाई नीतिगत रूपमै सुधार गर्नुपर्ने माग राख्दै आएका छन् ।

अभियानले स्थानीय तहको निर्वाचनमा दलहरूको उम्मेदवारी दिने व्यवस्थालाई नै परिवर्तन गरी स्वतन्त्र व्यक्तिले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने पैरवी गर्दै आएको छ ।

प्रकाशित मिति २०८३ कात्तिक १३ गते बिहीबार ०३:२६
हजुरको प्रतिक्रिया