२०८३ मंसिर ११ गते बिहीबार

अयोध्या–जनकपुरधामबीच हवाई सेवा सञ्चालन गर्न तथा भारतीय गाडीलाई २४ घण्टा भन्सार छुट दिन मुख्यमन्त्री यादवको आग्रह

अयोध्या–जनकपुरधामबीच हवाई सेवा सञ्चालन गर्न तथा भारतीय गाडीलाई २४ घण्टा भन्सार छुट दिन मुख्यमन्त्री यादवको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ९ गते मंगलबार ०३:२२

उनले सीमावर्ती भारतीय नागरिकलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्न पनि माग गरे । उनले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी ठूलो संख्यामा भारतीय नागरिक जनकपुरधाम आउने भएकाले उनीहरूलाई २४ घण्टासम्म भन्सार छुट दिनुपर्ने उनको माग छ ।

पोखरा ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेलसँगै हवाई सेवा पनि सञ्चालन प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गरेका छन् ।

अयोध्या–जनकपुरधाम साप्ताहित रेल सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मंगलबार उनले यस्तो आग्रह गरेका हुन् ।

उनले अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुनु केही वर्षअघि भारतीय प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणको परिणाम भएको भन्दै उहाँहरुलाई धन्यावाद समेत दिए ।

उनले सीमावर्ती भारतीय नागरिकलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्न पनि माग गरे । उनले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी ठूलो संख्यामा भारतीय नागरिक जनकपुरधाम आउने भएकाले उनीहरूलाई २४ घण्टासम्म भन्सार छुट दिनुपर्ने उनको माग छ ।

उनले जनकपुर–अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध रेल सेवामार्फत थप विस्तार हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘आज अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा शुरु हुनु केही वर्ष पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीज्यूको जुन भ्रमण भएको थियो त्यसैको उपज हो । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र नेपालका प्रधानमन्त्री बालेन्द्र साहज्यूलाई मेरो अर्को एउटा अनुरोध पनि छ रेलसँगै अयोध्यादेखि जनकपुरधामसम्म हवाई सेवा पनि सञ्चालन गर्नुपर्यो । अर्को, सीमाक्षेत्रका भारतीय नागरिकलाई समेत २४ घण्टाको भन्सार छुट दिन पनि माग गर्न चाहान्छु । भारतीय क्षेत्रबाट भारतीय गाडीको प्रयोग गरेर धेरैभन्दा धेरै नागरिक आउने भएको कारण उहाँहरुलाई भन्सार छुट दिनुपर्छ । यो कुरा मैले धेरै पहिले देखि भन्दै आएको छु ।’

उनले अयोध्या र जनकपुरबीचको सम्बन्धलाई रेल सेवाले अनन्तकालसम्म एक सूत्रमा बाँध्ने उनको विश्वास छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले अयोध्या–जनकपुरधाम रेल कनेक्टिभिटीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको रेल सेवाले अयोध्या र जनकपुरधामलाई जोड्दै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

रेल सेवाले दुवै धार्मिक नगरीको पर्यटन व्यवसायलाई उकास्नुका साथै जनकपुरधाम र अयोध्याका नागरिकको आर्थिक समृद्धिमा समेत टेवा पु¥याउने उनको विश्वास छ ।

उनले भने, ‘नेपाल र भारतका सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा उद्घाटन भएको यो रेल कनेक्टिभिटीले अयोध्या र जनकपुरधामलाई जोड्ने जुन शुरुवात गर्नुभएको छ यसले हामीलाई अनन्तकालसम्म एक सूत्रमा बाँधेर यो धार्मिक र सांस्कृतिक नगरीलाई पयर्टन व्यवसायले उकास्ने विश्वास लिएका छौँ । यो हाम्रो जनकपुरधामवासी मात्र होइन अयोध्यावासी पनि यो मार्फत सुखद् सम्पन्नता पाउनुहुनेछ । भगभावन रामको दर्शन गरेर मात्र पूर्णता हुन्न, सिता नगरीमा गएर आफ्नो दर्शन पुरा गर्ने अभिलासा समेत आज रेलको माध्यमबाट हामीलाई जोड्ने कुराले हामी हर्षित र खुशी भएका छौँ ।’

भगवान रामको दर्शनपछि माता सीताको नगरी जनकपुरधाम पुगेर धार्मिक यात्रा पूर्ण गर्ने श्रद्धालुहरूको चाहना रेल सेवाले सहज बनाएको भन्दै उनले खुशी व्यक्त गरे ।

प्रकाशित मिति २०८३ मंसिर ९ गते मंगलबार ०३:२२
हजुरको प्रतिक्रिया