२०८३ मंसिर १० गते बुधबार

दुई महिनामा फ्लाई दुबईमार्फत १३ हजार यात्रुले लिए हवाई सेवा, विमानस्थललाई दुई करोड आम्दानी

दुई महिनामा फ्लाई दुबईमार्फत १३ हजार यात्रुले लिए हवाई सेवा, विमानस्थललाई दुई करोड आम्दानी

घनश्याम पाण्डे

@Public 4K Tv

२०८३ मंसिर १० गते बुधबार ११:५९

यस अवधिमा ८ हजार १ सय १५ जना यात्रु पोखरा आएका छन् भने ५ हजार ३ सय ५९ जना पोखराबाट बाहिरिएका छन् । आवतजावत गर्ने यात्रुमध्ये १ हजार ५४ जना विदेशी पोखरा आएका छन् भने ९ सय ९८ जना विदेशी यात्रु पोखराबाट बाहिरिएका छन् ।

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित व्यावसायिक उडान सुरु गरेको दुई महिना पूरा भएको छ ।

यस अवधिमा फ्लाई दुबईमार्फत १३ हजार ४ सय ७४ यात्रुले आवतजावत गरेका छन् । उक्त उडानबाट विमानस्थलले झन्डै दुई करोड रुपैयाँ आम्दानी गरेको छ ।

विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार दुई महिनाको अवधिमा फ्लाई दुबईका १ सय २२ वटा एयरक्राफ्ट मुभमेन्ट (उडान तथा अवतरण) भएका छन् ।

यस अवधिमा ८ हजार १ सय १५ जना यात्रु पोखरा आएका छन् भने ५ हजार ३ सय ५९ जना पोखराबाट बाहिरिएका छन् ।

आवतजावत गर्ने यात्रुमध्ये १ हजार ५४ जना विदेशी पोखरा आएका छन् भने ९ सय ९८ जना विदेशी यात्रु पोखराबाट बाहिरिएका छन् ।

अन्तर्राष्ट्रिय उडानले पोखरामा पर्यटक आवागमनसँगै विमानस्थलको व्यावसायिक गतिविधि बढाउन सहयोग पुगेको विमानस्थलको तथ्यांकले देखाउँछ ।

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिइने सेवा छरितो रहेको बताइन् ।

उनकाअनुसार विमान अवतरण गरेपछि आवश्यक प्रक्रिया पूरा गरी यात्रु आधा घण्टाभित्र विमानस्थलबाट बाहिरिन सक्ने व्यवस्था छ ।

अन्तर्राष्ट्रिय उडानका यात्रुलाई विमानस्थलमा लामो समय कुर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताइन् ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुँदै जाँदा पर्यटन, होटल तथा अन्य पर्यटनसम्बद्ध व्यवसायमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ ।

 

प्रकाशित मिति २०८३ मंसिर १० गते बुधबार ११:५९
हजुरको प्रतिक्रिया