२०८३ मंसिर १३ गते शनिबार

फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोसीसँग स्तब्ध

फेवा किङ्स कपः गण्डकीको अपराजित यात्रामा ब्रेक, कोसीसँग स्तब्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर १३ गते शनिबार ०२:३६

सो खेलबाट कोसी प्रदेशका विष्णु बस्नेत म्यान अफ द म्याचका रुपमा पुरस्कृत भए । कोसीले यसअघि तीनवटा खेलमा हार ब्यहोरिसकेको छ भने, गण्डकी प्रदेशले तीन खेल जितिसकेको छ ।

पोखरा ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघको अपराजित यात्रालाई कोसी प्रदेश भलिबल संघले रोकेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको दोस्रो खेलमा गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै कोसी प्रदेश भलिबल संघले आफ्नो पहिलो जीत निकालेको हो ।

कोसीले गण्डकीलाई १७–२५, २५–१५, २०–२५, २५–२३ र १५–११ ले पराजित गर्याे । सो खेलबाट कोसी प्रदेशका विष्णु बस्नेत म्यान अफ द म्याचका रुपमा पुरस्कृत भए ।

कोसीले यसअघि तीनवटा खेलमा हार ब्यहोरिसकेको छ भने, गण्डकी प्रदेशले तीन खेल जितिसकेको छ ।

प्रतियोगिता संयोजक थमन गुरुङका अनुसार आज (शनिबार) को अन्तिम खेल आयोजक युनाइटेड किङ्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनकाअनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रकाशित मिति २०८३ मंसिर १३ गते शनिबार ०२:३६
हजुरको प्रतिक्रिया