२०८३ साउन २१ गते बिहीबार

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका मनबहादुर गुरुङ विजयी

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका मनबहादुर गुरुङ विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २८ गते बुधबार १०:१४

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्। जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका हुन्। अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल (बैरागी)ले ४०७ मत...

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्।

जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका हुन्। अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल (बैरागी)ले ४०७ मत पाएका थिए।

अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए। जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि गुरुङ कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए। उनी गण्डकी प्रदेश सांसदसमेत हुन्। अध्यक्षमा पराजित बैरागी यसअघि जिल्ला कमिटी सचिव थिए।

शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले कास्कीले पार्टी विधानविपरीत प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए ।

कास्कीमा एमाले गण्डकीका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गरेका हुन् । विजयी गुरुङ पृथ्वीसुब्बा प्यानल र बैरागी खगराज प्यानलबाट उम्मेदवारी दिएका थिए ।

नेतृत्व छनोट गर्न दुवै समूहबाट लगातार चार दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार बिहानबाट मतदान सुरु भएको थियो । अन्तिम नतिजा अनुसार उपाध्यक्षमा पनि पृथ्वीसुब्बा प्यानलकै तेजनारायण अधिकारी निर्वाचित भएका छन् । उनले ४२१ मत ल्याउँदा खगराज प्यानलका प्रभा कोइरालाले ४१३ मत ल्याएकी छन् ।

सचिव र उपसचिवमा भने खगराज प्यानलले जित निकालेको छ । सचिवमा खगराज प्यानलकै बैनबहादुर क्षेत्रीले ४७५ मत ल्याउँदा अर्का प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३६४ मत ल्याएका छन् ।

त्यस्तै, उपसचिवमा पनि खगराज प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) विजयी भएका हुन् ।

एमाले कास्की अधिवेशनमा जिल्लाभरबाट ९१९ प्रतिनिधि छानिएका थिए। जसमा ८९५ जनाले मात्रै मतदान गरेका थिए।

प्रकाशित मिति २०७८ पुस २८ गते बुधबार १०:१४
हजुरको प्रतिक्रिया