२०८३ असोज २३ गते शुक्रबार

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद निर्वाचित

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २८ गते बुधबार ०२:१३

स्याङ्जा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनमा गैह्रे ४४० मतसहित निर्वाचित बनेका हुन् । उनका प्रतिस्पर्धी नारायण मरासिनीले २५७...

स्याङ्जा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनमा गैह्रे ४४० मतसहित निर्वाचित बनेका हुन् ।

उनका प्रतिस्पर्धी नारायण मरासिनीले २५७ मत मात्रै प्राप्त गरे ।

माओवादीबाट वैद्य समूहसँगै निस्किएका गैरे पुनः माओवादीमै फर्किएर रामबहादुर थापा बादलसँग एमालेमा मिसिएका हुन् । मरासिनी सुरुदेखि नै एमालेमा थिए ।

उपाध्यक्ष पदमा यसअघि नै कृष्ण खाँण निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी सचिवमा राजेन्द्र डुम्रे ३९४ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी भूपराज अधिकारीले २८० मत प्राप्त गरे ।

उपसचिवमा विश्व पौडेल ३९५ र तारा शर्मा ३७३ मतसहित विजयी बने ।

उपसचिवका अन्य उमेदवार जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ र जीवन पौडेलले १५८ मत प्राप्त गरे ।

प्रकाशित मिति २०७८ पुस २८ गते बुधबार ०२:१३
हजुरको प्रतिक्रिया