२०८३ साउन २१ गते बिहीबार

सुकुम्बासीको लगत संकलन माघ १८ बाट

सुकुम्बासीको लगत संकलन माघ १८ बाट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २९ गते बिहीबार ०१:१०

चितवन- राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत संकलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ। आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका सुकुम्बासी दलित, भूमिहीन सुकुम्बासी...

चितवन- राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत संकलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ। आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका सुकुम्बासी दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरूको लगत संकलनको काम सुरु गर्न लागेको हो। आयोगका सूचना अधिकारी मणिप्रसाद रेग्मीका अनुसार माघ १८ गतेदेखि सुकुम्बासीको लगत संकलन गरिँदै छ।

तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदन बाहेक छुटपुट भएकाहरुको लगत संकलन गर्न लागिएको हो। चितवनका तीनसहित देशभरका ६८ पालिकामा लगत संकलन गरिने छ। लगत संकलन लागि सुकुम्बासी, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुका लागि आयोगले फरक–फरक फारमको व्यवस्था गरेको छ। ती फारमसँगै निवेदन सहितको विवरण संकलन गरी स्थानीय पालिकाले प्रमाणित गरी आयोगमा पठाउने छन्। स्थानीय पालिकाले यसका लागि कर्मचारी व्यवस्थापनको काम गरेको छ।

स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालयसँगको समन्वय गरी जग्गा नापजाँच गरी प्रमाणीकरण कार्य सुरु गर्ने उनले जानकारी दिए। आयोगले लागत संकलन सुरु भएको ३५ दिनभित्र निवेदन फारम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलनक मार्फत पेस गर्न आह्वान गरिएको रेग्मीले बताए।

प्रकाशित मिति २०७८ पुस २९ गते बिहीबार ०१:१०
हजुरको प्रतिक्रिया