२०८३ कात्तिक ११ गते मंगलबार

कास्कीका ४८९ सहित गण्डकीमा थप ९ सय जनामा कोरोना

कास्कीका ४८९ सहित गण्डकीमा थप ९ सय जनामा कोरोना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ७ गते शुक्रबार ०३:४७

पछिल्लो २४ घण्टामा गण्डकीका थप ९०० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७०२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट...

पछिल्लो २४ घण्टामा गण्डकीका थप ९०० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७०२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४८९ जना, तनहुँका ६९ जना, गोरखाका ४० जना, लमजुङका ४५ जना र नवलपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १२३ जना, पर्वतका १६ जना, बाग्लुङका ३७ जना, म्याग्दीका १९ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९२ हजार ८८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १२१ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ३३६ पुगेको छ। भने, अहिले प्रदेशभर ४११७ सक्रिय संक्रमित छन् । शुक्रबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा गोर्खा जिल्ला गोरखा नगरपालिका -११ निवासी ४० वर्षीय पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका -१३ निवासी २३ वर्षीया युवती छिन् । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४३२ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ माघ ७ गते शुक्रबार ०३:४७
हजुरको प्रतिक्रिया