२०८३ साउन २१ गते बिहीबार

कांग्रेस नेता गिरिको निधनले स्तब्ध दल र वाैद्धिक क्षेत्र, कसले के भने ?

कांग्रेस नेता गिरिको निधनले स्तब्ध दल र वाैद्धिक क्षेत्र, कसले के भने ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ५ गते आइतबार ११:१९

समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपतिले ट्वीटरमा भनेकी छन्।

नेपाली राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक समाजका विविध क्षेत्रका व्याख्याता तथा चिन्तक नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनले मुलुक नै स्तब्ध बनेको छ । उनको शनिबार राति उपचारकै क्रममा निधन भएको हो ।

उनको निधनपछि राष्ट्रपति‚ प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेतालगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले गिरिको निधनले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपतिले ट्वीटरमा भनेकी छन्।

यस्तै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले नेपाल र नेपालीले एक सच्चा र असल नेता गुमाएको बताए ।

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ।’

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिको निधनले मर्माहत भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व तथा समाजवादी चिन्तक गिरिको नेपाली राजनीतिमा सधैं अभाव हुने बताएका छन्।

‘नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ’‚ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु।’

यस्तै अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेता गिरिको निधनले नयाँ समाजवादी धारको विकास लागेकाहरूलाई ठूलो क्षति पुर्‍याएको बताएका छन्।

‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु। २०३४ सालदेखि ४५ वर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको थियो। नययाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठूलो क्षति पुगेको छ । हार्दिक श्रद्धान्जली रसमवेदना ’, उनले ट्वीटरमा भनेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा सदा सम्झना भइरहने बताएका छन्। यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वर्गिय गिरिलाई असल नेताको रूपमा सधै सम्झिरहने बताएका छन्।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गिरिको अभाव सधै खट्किरहने बताएका छन्। ‘अलबिदा प्रदीप गिरि दाइ१ तपाईँको अभाव सधै खट्किरहने छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।

यस्तै विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले गिरि ज्ञान, दर्शन, स्मरणशक्ति र प्रखर अभिव्यक्तिका पुञ्ज रहेको बताए।

यस्तै पूर्व मन्त्री एवं नेकपा एमालेका नेता भीम रावलले श्रीमति सञ्जीता रावल र परिवारका सबै सदस्यको तर्फबाट गिरिको निधनमा दुःखी भएको बताएका छन्।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङङले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्वको निधनले स्तब्ध तुल्याएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘हार्दिक श्रद्धाञ्जली१ नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व आदरणीय नेता प्रदिप गिरिको दुस्खद निधनले स्तब्ध तुल्याएको छ। श्रदेय नेता प्रदिप गिरिप्रति हार्दिक श्रद्धाञ्जली१ शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिको निधनसँग एउटा विश्वविद्यालय सदाका लागि बन्द भएको बताएका छन्। उनले ट्वीटरमा लेखका छन्‚ ‘एउटा विश्वविद्यालय‚ जो आजबाट सदाका लागि बन्द भयो, निस्काम कर्मयोगी हाम्रा महान् गुरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।’

यस्तै नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको अभाव कांग्रेसले पूर्ति गर्न नसक्ने बताएका छन्।

उनले भनेका छन्, ‘पदको लोभ नराखी विचारको राजनीति गर्नभयो । कांग्रेसलाई प्रेरणा दिनुभयो । यो अभाव कांग्रेसले पूर्ति गर्न सक्दैन।’

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पोखराबाट नेता गिरिको स्मरण गरे । उनले नेपाली राजनीति र समाजले एक जना असल चिन्तक गुमाएको बताए ।

अधिकांश मन्त्री तथा पूर्व मन्त्री र शर्ष नेताले नेता गिरिको निधनमा श्रद्धाञ्जली दिएका छन्।

प्रकाशित मिति २०७९ भदौ ५ गते आइतबार ११:१९
हजुरको प्रतिक्रिया