गण्डकी प्रदेशमा थप ४१ जनामा संक्रमण पुष्टि
पाेखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे शुक्रबार दिउँसाे १२:१५ बजेसम्मकाे अध्यावधिक विवरण अनुसार पोखरामा थप १६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यस्तै कास्कीकै माछापुच्छ्रे गाउपालिकाका १ जना समेत संक्रमित बनेका छन ।
शुक्रबार संक्रमण पुष्टि हुनेहरूमा पाेखराकाे भाटभटेनी सुपर मार्केटमा कार्यरत पोखरा-१७ निवासी २४ बर्षीय एक पुरुष रहेका छन । उनकाे नमुना गण्डकी मेडिकल कलेजबाट संकलन भएको हो । यस्तै, पोखरा– ४ का ३२ बर्षीय एक पुरूष, पाेखरा–६ का ४६ बर्षीय पुरूष र ४८ बर्षीया महिला, पाेखरा– ८ का १९ र ३९ बर्षीय पुरूष, पाेखरा– १७ का २८ बर्षीय पुरूष रहेका छन । अन्य संक्रमितहरूमा ३० र २९ का २१ र ४९ बर्षका पुरुष, पोखरा २७ का ५९ र ६० वर्षीय पुरुष तथा ३० वर्षीया महिला, पोखरा ३१ का १६ वर्षीय बालक, ४० वर्षीय पुरुष , १३ वर्षीया बालिका , २० वर्षीया महिला र माछापुच्छ्रे गाउँपालिका ६ की २६ वर्षीया महिला रहेका छन् ।
यस्तै, शुक्रबार नै लमजुङका ३ जना, गाेरखाका १२ जना, नवलपरासी वर्दघाट सुस्तापूर्वका ९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे निर्देशनालयले जनाएकाे छ । गण्डकी प्रदेशमा शुक्रबार दिउँसाे १२ : १५ बजेसम्म मात्रै थप ४१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ ।


हजुरको प्रतिक्रिया




