पोखरा, १२ भदौ
लामाचौर तीज महोत्सव अन्तर्गत सुरु राष्ट्रिय पुरुष भलिबलमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुुन्द भलिबल क्लब बुटवललाई ४–१ को सेटमा पराजित गरेको होे ।
पहिलो सेटमा निकै प्रतिष्पर्धात्मक खेल भएको थियो । मणिमुुकुुन्दले ३०–२८ स्कोरमा पुलिसलाई पराजित गर्दै पहिलो सेटमा जित निकाल्यो । दोस्रो सेटमा मणिमुुकुुन्दले लय गुमाउदा पुलिसको पुनरागमन भयो । दोस्रो सेटमा २५–१२ स्कोरले पुुलिस विजयी भएको हो । तेस्रो सेट पनि पुुलिस २५–१२ स्कोरका साथ विजयी भयो । अन्तिम सेट पनि पुुलिसले हात पा¥यो । २५–१७ स्कोरमा पुलिस विजयी भएको हो । खेलमा पुलिसका सफल विक म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच भिडन्त भएको थियो । पहिलो सेटमा आर्मीले ३१–२९ स्कोरमा विजयी भयो । समय अभावका कारण अन्य सेट हुन सकेन् । पुरुष भलिबलमा एपिएफ पनि सहभागी छ ।
नव आदर्श सामुुदायिक विकास समाज लामाचौरको २६ औँ बार्षिकोत्सवको अवसरमा आयोजित लामाचौर तीज महोत्सव आइतबार उद्घाटन हुुनेछ ।
महोत्सवमा महिला राष्ट्रिय भलिबल प्रतियोगिता पनि हुुने आयोजकले जनाएको छ । महिला भलिबलमा नेपाल पुुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र न्यु डायमण्ड युुथ स्पोर्टस क्लब सहभागि छन् ।
महिला, पुरुषतर्फ विजेताले समान एक लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले एक लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तीज महोत्सवमा भलिबलसँगै अन्तर समुुह तीज गीत प्रतियोगिता, प्रदेशस्तरीय सितारियो कराँते, अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुुती, झाँकी प्रर्दशन, रमाईलो बाल उद्यान, व्यापारिक स्टलहरु रहनेछन् ।
प्रकाशित मिति २०७९ भदौ १२ गते आइतबार ११:११




