२०८३ असोज २३ गते शुक्रबार

लामाचौर राष्ट्रिय महिला भलिबलः पुलिसको पोल्टामा उपाधि, स्तब्ध न्यु डायमन्ड

लामाचौर राष्ट्रिय महिला भलिबलः पुलिसको पोल्टामा उपाधि, स्तब्ध न्यु डायमन्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ १५ गते बुधबार ०७:५७

भदौ १५, पोखरा न्यु डायमन्ड युुथ क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । बुुधबार भएको फाइनल खेलमा पुुलिसले डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको...

भदौ १५, पोखरा
न्यु डायमन्ड युुथ क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । बुुधबार भएको फाइनल खेलमा पुुलिसले डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले तीज महोत्सवको अवसरमा आयोजना गरेको महिला भलिबलमा दर्शकको साथ भरपुर पाएको न्यु डायमन्ड खेलमा चम्कन सकेन ।

पहिलो सेटमा पुलिसले डायमन्डलाई २५–१५ को स्कोरमा पराजित ग¥यो । पहिलो सेटमा पराजित भएपछि दोस्रो सेटमा डायमन्डका खेलाडीले झनै खराब प्रर्दशन गर्दा पुलिसले २५–१४ को स्कोरमा जित निकाल्न सफल भएको छ ।
तेस्रो सेट त डायमण्डले लज्जास्पद हार व्यहोरेको थियो । २५–८ को स्कोरमा जित निकाल्दै पुलिसले उपाधि रक्षा गरेकोे हो ।

उपाधिसँगै पुलिसले एक लाख ५० हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको डायमण्डले एक लाख १११ रुपैयाँमा चित्त बुझायो ।

विधागततर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट सेटर न्यूू डायमण्डकी प्रगति नाथ, ब्लकर आर्मीकी सफिया पुन, सर्भर न्यु डायमण्डकी सलिना बुढा मगर, स्पकाइकर पुुलिसकी कामना विष्ट, डिफेन्डर न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट कोच पुुलिसका हृदयश विष्ट घोषित भए ।गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।

आर्मीले गण्डकीलाई २५–१७, २५–१७ र २५–१५ को स्कोरमा पराजित गरेको हो । तेस्रो भएको आर्मीले ५० हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।

महिला भलिबलमा चार समूह सहभागी थिए ।

पुुरुषतर्फ फाइनलमा गण्डकी र पुलिस भिड्ने

लामाचौर तीज महोत्सवमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय पुुरुष भलिबलको उपाधि होडमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

पुलिसले आर्मीलाई ३–१ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । पहिलो सेट २६–२४ को स्कोरमा पुलिसले जित निकाल्यो । दोस्रो सेटमा २५–१९ को स्कोरमा जित निकालेको पुलिस तेस्रो सेटमा भने पराजित भयो ।

आर्मी तेस्रो सेटमा २५–१८ को स्कोेरमा विजयी भएको हो । चौथो सेटमा २५–१९ स्कोरको जित निकाल्दै पुलिसले गण्डकी प्रदेशसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

गण्डकी प्रदेशले बिहीबार एपिएफलाई ३–२ को सेटमा पराजित गर्दैै फाइनल पुगेको थियो । बिहीबार तेस्रो स्थानका लागि आर्मी र एपिएफ भिड्ने छन् । फाइनल पनि बिहीबार हुने आयोजकले जनाएको छ ।

पुरुषतर्फको खेलमा पाँच समूह सहभागी थिए । मणिमुकुन्द भलिबल क्लब लगातार पराजित हुँदै बाहिरिएको छ । पुरुषतर्फको विजेताले एक लाख ५० हजार १११ रुपैयाँ, उपविजेताले एक लाख १११ रुपैयाँ र तेस्रो हुनेले ५० हजार १११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०७९ भदौ १५ गते बुधबार ०७:५७
हजुरको प्रतिक्रिया