२०८३ साउन २१ गते बिहीबार

गुल्जार लेकसाइड (हेर्नहोस् तस्वीरमा)

गुल्जार लेकसाइड (हेर्नहोस् तस्वीरमा)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ २५ गते शनिबार ०७:२०

पैदलमार्गमा देखिएका अधिकांशअनुहार नेपाली पर्यटकका थिए भने केही संख्यामा भारतीयलगायत तेस्रो मुलुकका पनि थिए ।

पाेखरा

यसै पनि पोखराको फेवाताल लेकसाइड बाह्य तथा आन्तरिक पर्यटकको पहिलो रोजाइँमा पर्छ । सधैं पर्यटकको बाक्लो उपस्थिति रहने त्यही लेकसाइडमा शनिबार बिदाको दिन पारेर घुम्न आउनेको संख्या थुप्रै थियो । फुटट्रयाकमा अटाइनअटाई पाहुनाहरु ताल किनारमा टहल्लिरहेका भेटिए ।

पैदलमार्गमा देखिएका अधिकांशअनुहार नेपाली पर्यटकका थिए भने केही संख्यामा भारतीयलगायत तेस्रो मुलुकका पनि थिए । पाहुनाको बाक्लो उपस्थिति हुँदा त्यहाँ पानीपुरी, चटपटे लगायत खुद्रे व्यापार गरिरहेका साना व्यापारीहरु खुसी देखिन्थे ।

कोभिड महामारीकोबला सुनसान बनेको पोखराको पर्यटन महामारी साम्य हुँदै गएसँगै फेरि तंग्रिन थालेको पर्यटन व्यवसायीले बताउँदै आएका छन् ।

तस्वीहरूः आस्था नेपाली/कोपिला सुनार

प्रकाशित मिति २०७९ भदौ २५ गते शनिबार ०७:२०
हजुरको प्रतिक्रिया