२०८३ असोज २३ गते शुक्रबार

कवाडी संकलन केन्द्रलाई सहर बाहिर सार्न पोखरा महानगरको ३५ दिने अल्टिमेटम

कवाडी संकलन केन्द्रलाई सहर बाहिर सार्न पोखरा महानगरको ३५ दिने अल्टिमेटम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ३१ गते शुक्रबार ०१:०९

पाेखरा डेंगु फैलाउन सहयोगी देखिएको भन्दै पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्रहरुलाई मुख्य सहरी आवास क्षेत्रभन्दा ५ सय मिटर बाहिर सार्न ३५ दिने अल्टिमेटम दिएको छ ।   महानगरले शुक्रबार जारी गरेकाे सूचनाअनुसार डेंगुलगायत...

पाेखरा
डेंगु फैलाउन सहयोगी देखिएको भन्दै पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्रहरुलाई मुख्य सहरी आवास क्षेत्रभन्दा ५ सय मिटर बाहिर सार्न ३५ दिने अल्टिमेटम दिएको छ ।
 
महानगरले शुक्रबार जारी गरेकाे सूचनाअनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी संकलन केन्द्रहरु कारक रहेको महानगरको ठहर छ ।
 
यसअघि कवाडी संकलन गर्ने व्यावसायी र त्यस्ता केन्द्र सञ्चालन गर्न दिने जग्गाधनीका बिचमा जे जस्तो सम्झौता भएको भएपनि जारी सूचनाअनुसार संशोधन गर्नुपर्ने महानगरले जनाएको छ ।
 
जारी सूचनाअनुसार सम्झौताको म्याद कायम रहेकै भए पनि कवाडी संकलन केन्द्रले स्थान्तरित हुनुपर्नेछ । त्यस्ता व्यवसायलाई मुख्य आवासीय क्षेत्रबाट हटाउन महानगरले जग्गाधनी समक्ष पनि अनुरोध गरेको छ ।
 
त्यस्तो नगरेको अवस्थामा कवाडी संकलन केन्द्र सञ्चालक र जग्गाधनी दुबैलाई कारवाही हुने सूचनामा उल्लेख छ ।
May be an image of text
प्रकाशित मिति २०७९ भदौ ३१ गते शुक्रबार ०१:०९
हजुरको प्रतिक्रिया